• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

कमाउने कि समाउने

उहिले गौचरण भन्थे अहिले भंसार भन्दछन्,
उहिले गोरु अघाउने ठाउँ, अहिले मान्छे अघाउँछन् । 
चर्ने ठाउँ भयो चोर्ने, दुधालु गाई तस्करी,
समात्नेले कमाउने र छोडाउनेले जोड्न बेस्करी ।

 

भन्सारमा चरेस, सुन, डलर हेथ्यौंं, कमाउँथ्यौं । 
समझदारीअनुसार छोडथ्यौं या त समाउँथ्यौं ।
बारुद-बन्दुक ल्याउन थाले, छोड्ने हो कि समाउने ?
समझदारी खोइ यसमा, कसले कति कमाउने ? 

 

त्यत्रो जहाज लगे तिनले फुट्या कौडी नदिइकन । 
आउन् फेरी किन छोडथ्यौं पहिल्यै पैसा नलिइकन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार