• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

निगमले फेरि बढायो पेट्रोलको मुल्य, पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

 

निगमका अनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । 

 

निगमका अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गरिएको छ । यता खाना पकाउने ग्यासको मूल्य भने घाटा भएपनि नबढाइएको निगमले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार