सुर्य र फुलसँगको मेरो चित्र
०००
यो चित्र एक महिलाको अभिव्यक्ति हो। महिला अलंकारिक चित्रहरूको समकालीन कलाको मेरो श्रृंखलाबाट। म जे छु मेरो क्यानभासमा मेरो रंग मार्फत व्यक्त गर्छु।
एउटी महिलाको हैसियतमा महिलाले आफ्नो जीवनमा आफूले चाहेको कुरा पाउनको लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ। उनीहरुको बाटोमा धेरै कठिनाइहरु भएपनि उनले आफ्नो मिहिनेत र विनम्रताले संघर्षलाई सार्थक बनाइरहेकि हुन्छिन ।
नारीले अन्तरमन भित्रबाट चाहेको जे पनि गर्न सक्छिन् तर उनले थप लगनशील, परिश्रम र लामो दुरीको बाटो भने तय गर्नुपर्छ त्यहि बाटो म सूर्यमा देखाउँछु। जब म सूर्यलाई हेर्छु, उज्यालो उज्यालो छ तर धेरै टाढा छ । धेरै संघर्ष र कठिनाइहरू पार गरेर हामी उपलब्धी हासिल गर्न सक्छौं भने उतिनै नारीमा धैर्य, कडा परिश्रम, फूल जस्तै कोमलता पनि छ।
चित्रमा म सूर्य र फूलरुपी महिलाको प्रतिनिधित्व गर्छु। त्यो बाहेक चित्रमा मैले आफ्नै आकृति र चित्रको संयोग, चित्रको बनावट र ब्रस स्ट्रोक गरेकी छु। एक महिलाको रूपमा महिलाको लाक्षणिक काम मार्फत उनको आवरण व्यक्त गर्न सजिलो छ। नीलो रङ जस्तो नरम र सहज रूपमा मैले यो चित्रमा चित्रण गरेको कुराले आफूले चाहेको कुरा हासिल गर्न सकिन्छ भन्ने देखाउन खोजेकी छु।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस