• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
राजनीति

भोलि बेलुकासम्म सभापतिको साझा उम्मेदवारको नाम तोक्छौँ : रामचन्द्र पौडल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भोलिमात्र पार्टीको १४ औं महाधिवेशनका लागि साझा सभापतिको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।

 

मंगलबार कांग्रेस नेता एवं सभापतिका आकांक्षीसमेत रहेका प्रकाशमान सिंहको चाक्सीबारी निवासमा बसेको बैठकले साझा उम्मेदवारी चयन गरेको र भोलिमात्र उम्मेदवारी सार्वजनिक गर्ने नेता पौडेलले बताएका हुन् ।

 

आजै उम्मेदवारी सार्वजनिक गर्ने तयारी गरिए पनि केही प्रक्रियाहरू पूरा नभएकाले भोलि साँझसम्म उम्मेदवार सार्वजनिक गर्ने उनले बताए ।

 

पौडेल समूहमा पौडेल,महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापतिमा दाबी छ। बुधबार बिहान अनुपम फुडल्यान्डमा पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापति प्रदेश सभापतिका प्रत्याशी सहितको बैठक बस्ने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार