• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

अब अनलाइनबाटै एनआईबिएल सहभागिता फण्डको इकाई बिक्री गर्न सकिने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको इकाई अनलाइनबाटै बिक्री गर्न सकिने भएको छ । यो योजनाका इकाईधनीहरुले मंसिर १९ गतेबाट विभिन्न विद्युतीय प्रणाली मार्फत उक्त इकाईहरु खरिद मात्र होइन बिक्री पनि गर्न सक्ने भएका हुन् ।

 

यसअघि योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यवस्था मात्रै थियो ।

 

 योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्वारा लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार