• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ। 

 

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्याकारी अधिकृत शधनन्जय रेग्मीले हस्ताक्षर गरे।

 

यस सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बिमा लगायत सम्पत्ती तथा सवारीसाधनहरु सहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ।

 

उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बिमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँगसम्बन्धित सम्पूर्ण निर्जीवन बिमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको बताए।

 

यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सात वटै प्रदेशबाट सर्व सुलभ तरिकाले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ नयाँ बीमा सेवा सुरु गरि सरल बीमा र सहज दावी भुक्तानीमा बिशेष ध्यान दिई रहेको व्यहोरा समेत जानकारी गराए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार