• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

शेयर बजारमा २७.५१ अंकले बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन् । आज २ अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा बेस्ट फाइनान्स कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

आज सबैभन्दा बढी आइसीएफसी फाइनान्स कम्पनीको भएको छ । मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार