पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको नेता सिंहको आरोप
जनकपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा जोड थिएका छन ।
जनकपुरमा आइतबार नेपाल प्रेस युनियनद्वारा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप समेत लगाए ।
उनले पार्टी संरचना आफ्नो पक्षमा पार्ने खेलमा नेतृत्व तह लिप्त हुँदा काँग्रेसमाथि वैधानिकतामा प्रश्न उठ्न थालेको बताएका छन् । पार्टीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको पनि उनले बताए ।
नेता सिंहले काँग्रेस नेतृत्वको कमजोरीका कारण कम्युनिस्टहरूले व्यवस्थामाथि प्रहार गर्ने सुरु गरेको टिप्पणी गरे ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस