• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

अब उपत्यकामा ९९ रुपैयाँमै ट्याक्सी चढ्न पाइने,चौबीसै घन्टा सेवा

काठमाडौं। उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू भएको छ। मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइनमार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधासहित सुरु भएको हो ।

 

गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । बुधबारबाट सेवा सुरू गरिएको हो। एक किलोमिटर गुडेको ९९ रूपैयाँ र त्यसपछि थप प्रतिकिलोमिटर ३९ रूपैयाँ यात्रुले तिर्नुपर्ने मेट्रो अनलाइन ट्याक्सीले जनाएको छ ।

 

मेट्रो अनलाइन ट्याक्सी एपमार्फत उक्त सेवा लिन सकिने कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले जानकारी दिएका छन। मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार