• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

विसंगत जीवन झल्काउने उत्तम नेपालीको एब्स्ट्रयाक

०००

उत्तम नेपाली पेन्टिङका बहुविधामा पारङ्गत कलाकार हुन् । कलाका पारखीले उनका एब्स्ट्रयाक पेन्टिङहरू अझै धेरै मन पराएको पाइन्छ । उनले दिग्गज कविका चर्चित कवितामाथि कला कार्यशाला र कला प्रदर्शनीहरू पनि गरेका छन् । भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ, भीमनिधि तिवारीको मुहारचित्र तथा कवितामाथि उनले चित्र बनाएका छन् ।

 

सन् १९३७ मा काठमाडौंमा जन्मिएका नेपालीले १९६६ मा पृथ्वी आर्ट ग्यालरी स्थापना गरेका थिए । व्यक्तिगत सृजनासँगै नेपाली चित्रकलाको संस्थागत विकास लागि नेपालीले महत्त्वपूर्ण योगदान गरेका छन् । 

 

प्रस्तुत एब्स्ट्रयाक आर्ट उनले दुई दशकअगाडि सृजना गरेका हुन् । आधुनिक मान्छेको विसंगतपूर्ण जीवन प्रस्तुत गर्न उनले यहाँ राता, कालो र पहँले रंगको प्रयोग गरेका छन् । यो चित्र २०७६ असारमा नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीका लागि राखिएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार