• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

बीपी स्टडी युथ सर्कलको अभियान : भोकालाई भोजन जुटाउने सारथीहरु बढ्दै

काठमाडौं । बीपी स्टडी युथ सर्कलको  निशुल्क खाना वितरण अभियान आज १४ औँ दिनमा पुगेको छ । 

 

युथ सर्कल बागमती प्रदेश र नुवाकोट कार्यसमितिले संयुक्त रुपमा सञ्चालन गरेको खाना वितरण अभियानमा नुवाकोट तरुण दलका नेता माधब अधिकारीले  जन्म दिनको अबसरमा  १० हजार सहयो गरेका छन ।


त्यस्तै  सुजन नेपालले  अस्वस्थ हुदा हुदैं पनि यस अभियानलाई ५ हजार  आर्थिक सहयोग गरेर हौसला प्रदान गरेका छन ।

 

नेपाली काङ्ग्रेसका युबा नेता माधब अधिकारी ,सुपर माउन्ट एभरेस्ट यातायात प्रा।लिका सदस्य आदरणीय लाल बहादुर खड्का समाजसेवी आदरणीय रामकुमार गिरी, नेपाली काङ्ग्रेसका नेता क्यान्टिन ब्यबसायी कृष्ण दवाडी ,पत्रकार सुबास जि सि ,सामाजिक अभियान्ता  राजन गिरी ,समाजसेबी क्यान्टिन व्यावसायी नारन थापा ,समाजसेवी पशुपति गिरि ,बिकास गिरी लगायतले अहोरात्र खटेर अभियानलाई साथ दिदै आएका छन ।

 

  यसै गरी साधना गीरी,दयाराम गीरी, रमन गीरी, कृष्ण गीरी,तिर्थ गीरी,सरोज ठाकुर, भिम बहादुर रोका,बासुदेब गीरी, पुष्कर लम्साल,अस्मिता ढकाल साथै क्यान्टिन ब्यबसायी  रबिन्द्र ओझा, शिव देबकोटाले पनि अभियानलाई हौसला प्रदान गरेका छन ।

 

बीपी स्टडी युथ सर्कलु ले बिगत १४ दिन देखी काठमाडौंमा दैनिक रुपमा ५०० जना भन्दा बढीलाई निशुल्क खाना खुवाउँदै आइरहेको छ ।

 

 मजदुरको काम रोकिएपछि हातमुख जोर्न ठूलै युद्धको सामना गर्नपर्ने परिस्थीति श्रृजना भएसंगै युवाहरुले यस्ता अभियानलाई अघि बढाएका हुन । हालसम्म यस अभियानले ७ हजार बढीलाई निशुल्क खाना वितरण गरिसकेको छ ।

 

कांग्रेस नेता भुपेन्द्र जङ शाही,सर्कलका अध्यक्ष ऋषि कोइरलाले निशुल्क खाना वितरण अभियान १४ औँ दिनमा आइपुगेको बताउदैं यसलाई थप प्रभावकारी बनाउने अभियानमा आफूहरु रहेको जानकारी दिएका छन ।


निशुल्क खाना बितरण अभियान निषेधाज्ञा अवधीभर जारी रहने वीपी युथ सर्कल बागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुबास कट्टेलले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार