• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
स्वास्थ्य

काठमाडौंका चार अस्पतालमा अक्सिजन अभाव, संक्रमित भर्ना गर्न नसक्ने घोषणा (विज्ञप्ति सहित)

काठमाडौं । काठमाडौँका चार अस्पतालले अक्सिजन ग्यासको अभाव भएको भन्दै  कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन्।

 

मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले विज्ञप्ति निकालेर उपचार गर्न नसकिने बताएका हुन् ।

 

अक्सिजन ग्यासको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको अस्पतालले विज्ञप्तिमा जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार