• बिहीबार १-२-२०७८/Thursday 04-15-2021
डबली

अबोध

“ममी,ममी हेरीस्योन त्यो अंकलले डट्टि देखाएको” तोते बोलीसगै एक बालिका आफ्नी ममीको कुर्ताको फेर तान्दै अनौठो पारामा बोल्दै थिईन,ममी छोरीले औल्याएको तर्फ हेरी हतपत कुर्ताको सलले मुख छोप्दै छोरीलाई घिच्याउँदै अघि बढिन् । बालिका ममीको हात समातेर घिस्रीदै पुन जिज्ञाशा राख्छिन “ममी ममी त्यो अंकलको ममीले गाली गर्नु हुन्न हो ?” ममी आफनी छोरी माथी आक्रोश व्यक्त गर्दै एक झाप्पु लगाउँदै फतफताउँछिन “नचाहिने कुरामा किन धेरै जान्नु परेको हँ ? चुप लागेर हिड ।” छोरीलाई घिच्याउँदै लामोलामो पाइलामा अघि बढिन । अफिस समय भएकोले फुटपाथ लगभग भिडनै थियो, त्यो भिडले यी आमा छोरीको क्रियाकलापमा खासै चासो नदेखाए पनि म भने तिनीहरुलाई निहाली रहेको थिए । 

 

बास्तव मै ती बालिकाको लागि अनौंठो लागेको त्यो दृश्य अरुका लागि पनि अनौंठो लाग्दो नै थियो एक बैसे युवक समसाँझ ब्यस्त सडकमा नाङ्गै थियो ।  तर सधै त्यो बाटो हिड्नेहरुका लागि भने त्यो नौलो थिएन किन की त्यो युवक निवस्त्र भई बरबराई त्यो सडकमा तमाशा देखाउनु उसको साबिक कार्य नै थियो । म पनि बिगत केहि समय देखि उसको यो हर्कतसँग परिचित नै थिए तथापी आज उसको हर्कत सदा भन्दा बेग्लै थियो, प्रचण्ड घामले तातेको सडकमा उ उत्तानो परि लम्पसार सुतेको थियो,सडकमा गुड्ने गाडी उसका नजिकैबाट हुईकिइरहेका थिए तर उसमा रद्धी पनि डर देखिदैनथ्यो उ घरीघरी कोल्टे र्फेथ्यो, घरी उपर खुट्टी लगाएर रवाफ देखाउँदै वर–पर हेथ्र्यो मानौ त्यो साँझ सडक उसको शैया हो।

 

अचम्म लाग्दो अनि अपत्यारिलो पाराले उसको स्थितीमा परिवर्तन आयो अघिको उसको रवाफ शिथिल तामा परिणत भयो उपरखुट्टी लगाए बसेको उ एकाएक ठिङ्ग उभियो अनि शरिर बऔडयाएर कुप्रो पर्न थाल्यो यति बेला उसले आफनो दुबै हातले पेटलाई कसेर राखेको थियो, उसका शरिर पनि थरथरी काँपिरहेका थिए। उसको यो हवीगतले उ अशैय पीडाको सामना गरिरहेको छ भन्ने बुझिन्थ्यो जुन उसको मलिन अनुहारबाट प्रस्ट हुन्थो। उसका मुखबाट अस्पस्ट शब्दहरु निस्कन थाले, उ ओठ कमाउँदै थुचुक्क बस्यो अनि बिलौना गरेझैको भाव देखाउन थाल्यो। उसका आँखाबाट आँसु बलिन्द्र बगिरहेका थिए, म एकटकले उसलाई नियाली रहेको थिए। उसको परिस्थितिमा किन एकाएक परिवर्तन आयो, मेरो मनमा खुलदुली लाग्नु स्वभाविक नै हो । उसको परिस्थितिलाई गैणसंग नियालेपछि मलाई के लाग्यो भने उ कुनै शारिरिक पीडाबाट प्रताडित छ।

 

उ हात फैलाउँदै सडकपेटि तर्फ बढ्दै गर्दा पैदलयात्रु उबाट तर्केर भाग्थे मानौ उ हिंसक प्राणी हो तर उसको भावना कसले बुझ्ने। यदि आम व्यक्तिले यसरी सडकमा एैया मात्र भनेको भए यहाँ कति सहयोगी हातहरु मलम पट्टिका लागि आघि वढथे होला अनि कति समाजसेवी र परोपकारी बन्थे होलान । तर त्यो विचराको दुखलाई बुझ्ने न कोहि समाजसेवी निस्किए न त परोपकारी नै आखिर उ मानसिक संतुलन गुमाएको पागल न थियो। आम मानिस र उसको पीडाको दुखाई एउटै न हो, तर कसले बुझ्ने उ आफनौ अवस्थाबाट अनविज्ञ अबोध छ ,बैशक अबोध कसरी वुझाओस आफनो पीडा अरुलाई विस्तारै समय उ देखि टाढा टाढा हुँदै गयो, म पनि समयको पछिपछि उ देखि टाढा हुँदै गए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार