• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

कोरोनाबारे अध्ययन गर्न डब्ल्यूएचओको टिम चीनको वुहान शहरमा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टिम चीनको वुहान शहर पुगेको छ । 

 

यो टिम कोरोना भाइरस (कोभिड-१९) को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो ।

 

दश वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, अस्पताल र सी(फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ । सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोभिड(१९ को संक्रमण भेटिएको थियो । बिहीबार यो टिम वुहान पुग्दा त्यहाँको जनजीवन लगभग सामान्य भएको पायो तर उत्तरी चीनमा कोरोनाको नयाँ संक्रमण देखिन थालेको छ ।

 

विश्व स्वास्थ्य सङ्गठनको टिमले जाँच सुरु गर्नुअघि पहिलो दुई हप्तासम्म क्वरेण्टीनमा रहनेछ । यो टिमले जाँचको क्रममा चिनियाँ अधिकारीहरूले दिएको नमुना र प्रमाणको प्रयोग गर्नेछ। यो टिमले कुन जनावरबाट कोरोना सुरु भएको हो, यसको जाँच पनि गर्नेछ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार