• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

गैंडाकोटका कृषकद्दारा कृषि सैनिक गठन गर्न माग,विस्तृत अवधारणा आए नीतिमै समेटने मन्त्री भुसालको भनाइ

नवलपुर । कृषिमन्त्री  घनश्याम भुसालले कृषि सैनिकसम्बन्धी अवधारणा विस्तृतरुपमा आए कृषि नीतिमै समेटिने बताएका छन ।

 

अर्ग्यानिक कृषकहरुले कृषि सैनिक नीतिबारे बिहीबार पेस गरेको ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले अध्ययनसहितको कृषि सैनिक अवधारणा आए कृषि नीतिमै समेटिने पनि बताएका छन। विदेशबाट फर्किएका युवाहरुको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र तिनै सैनिकको परिचालनबाट कृषि क्रान्ति गर्न मन्त्रि भुषालसंग गैंडाकोटका कृषकहरुले आग्रह गरेका छन।

 

कृषि सैनिकमा समावेश हुनेहरुले कृषि औजार र प्रविधि लिएर कृषि उत्पादन बढाउने र देशको परनिर्भरतालाई अन्त्य गर्न यो अवधारणा आवश्यक रहेको युवा कृषकहरुले बताएका छन ।

 

मौसमअनुसारको कृषि प्रणालीको विकास गर्ने लक्ष्य सरकारको रहेकाले कृषिबाटै आर्थिक समृद्धि खोजिने मन्त्रि भुषालको भनाइ छ । युवा कृषक बिष्णु भट्टले  राष्टिय कृषि सैनिक गठन गर्न माग गर्दै आइरहेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार