• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
अर्थ

बिर्तामोडमा खुल्यो सिद्धार्थ ग्राण्डसिटी होटल

काठमाडौं। झापाको बिर्तामोडमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको छ। होटलको शनिबार पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले उद्घाटन गरे । होटल तीनतारे स्तरको रहेको छ । 

 

तीनतारे स्तरीय होटल ग्रान्डसिटीमा ५१ वटा कोठा छन् । स्वीमिङ पुल, खुल्ला बगैचा, सेमिनार हल, हेल्थ क्लब र रुफ टपसहित ५ वटा रेष्टुरेन्ट रहेका छन् । 

 

ग्रुपले नेपालगन्जमा चारतारे होटल सहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत विभिन्न २८ वटा कम्पनी सञ्चालन गर्दै आएको छ ।

 

बिर्तामोडमा तीनतारे स्तरीय होटल संचालनपछि पूर्वी नेपालमा पर्यटकका साथै भारतको पश्चिम बंगालका पर्यटकलाई समेत आकर्षित गर्ने सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । ग्रुपले देशका अन्य स्थान र छिट्टै विदेशमा समेत सेवा विस्तारको तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

 

यस्तै सिद्धार्थ ग्रान्ड सिटी होटल उद्घाटन गर्दै मन्त्री भट्टराईले पश्चिम नेपालको टीकापुरबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपले सेवा विस्तार गर्दै पूर्वी नेपाल आएकोमा खुशी व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार