• शनिबार ७-१४-२०८३/Saturday 10-31-2026
देश/प्रदेश

पत्रकार पक्राउप्रति महासंघको घोर आपत्ति

काठमाडौं । प्रेस स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गर्दै समाचार कक्षमा छिरेर नेपाल प्रहरीले पत्रकारहरू पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले घोर आपत्ति प्रकट गरेको छ । नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई प्रहरीले शुक्रबार पक्राउ गरी केही घण्टापछि रिहा गरेको थियो ।

 

यस्तै नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई कार्यालयबाटै धरपकडको प्रयास भएकोमा महासंघले निन्दा र खेद प्रकट गरेको छ । मैनालीलाई लिन आएको प्रहरी ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा रहे पनि महासंघका महासचिव रामप्रसाद दाहालसहितको दबाबपछि पछि हटेको थियो । धरपकड गरिएका पत्रकारलाई पनि शुक्रबार साँझनै छोडिएको छ । दियो पोष्टका पत्रकार सुदिप विश्वकर्मालाई पनि पक्राउ गर्न निगरानी गरिएको जानकारी प्राप्त भएको छ ।

 

'समाचारको विययमा कुनै समस्या भए विधिबमोजिम समाधान खोज्न छोडेर राज्य आतंक सिर्जना गर्नु शोेभनीय विषय होइन । यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुन, संविधान र कानुनविपरीत रहेको महासंघको ठहर छु', महासंघले विज्ञप्तिमा भनेको छ । 

 

आमपत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्य आतंकविरुद्ध खबरदारी गर्न महासंघले आहृवान गरेको छ । ुमहासंघ धरपकडका विरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छु, महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्य सत्ताको आडमा प्रहरीले अपनाएको स्वेच्छाचारी कदमप्रति खेद प्रकट गर्दै कडा भत्र्सना गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार