विराटनगर किंग्स ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट पुर्याएको थियो ।
कप्तान सोमपाल कामीले ३२ बलमा ६२ रनमा नटआउट रहे । यस्तै, गुलशन झा २८ रनमा अविजित रहे । पवन सर्राफले ३६ तथा दीपक डुम्रेले २० रनको योगदान दिए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन तथा चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन जोड्यो । ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए ।
५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे । यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे । सोमपालले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस