अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास
काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले दुई दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रालाई टुंग्याउँदै राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले सोमबार आफ्नो इन्स्टाग्राममार्फत सन्यासको घोषणा गर्दै यो निर्णय निकै पीडादायी भए पनि अब समय आएको बताएका छन्।
उनले अर्जेन्टिनाको जर्सीमा आफूले सधैं आफ्नो सबैभन्दा राम्रो प्रदर्शन दिएको र टोलीलाई सफलता दिलाउन निरन्तर संघर्ष गरेको उल्लेख गरेका छन्। ‘यो निर्णयले मलाई निकै दुखायो र अहिले पनि गहिरो पीडा भइरहेको छ। तर, अब समय आएको कुरा म बुझ्छु,’ मेसीले आफ्नो सन्देशमा भनेका छन्।
मेसीले अर्जेन्टिनाका लागि सन् २००६ मा डेब्यु गरेका थिए। उनले कीर्तिमानी रूपमा ६ वटा विश्वकप खेलेका छन् । सन् २०२२ मा कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सीले राष्ट्रिय टोलीका लागि २ सय ७ खेल खेल्दै १२५ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन्।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस