नेपालसहित ७५ मुलुकका आप्रवासी भिसा नीति अदालतबाट खारेज
काठमाडौं । नेपालसहित ७५ मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको छ । म्यानहटनस्थित अदालतकी न्यायाधीश जेनेट भार्गासले ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लिगल इमिग्रेसन नेटवर्क र अफ्रिकन कम्युनिटीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिसा प्रायोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिसामा कडा नीति खारेजीको आदेश आएको हो ।
उक्त नीति गैरकानुनी रहेको त्यसले संघीय आप्रवासन कानुनको उल्लंघन गरेको उनको फैसलामा भनिएको छ । उक्त नीतिले विदेश मन्त्रालयको अधिकार संकुचित गरिदिएको फैसलामा भनिएको छ । एजेन्सी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस