• सोमबार ६-५-२०८३/Monday 09-21-2026
बिश्व

आफ्नी आमाबारे किन किम जङ अन कहिल्यै केही बोल्दैनन्

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ अनबारेका धेरै कुरा रहस्यमै छन्। त्यसमध्ये पनि उनकी आमाबारेको रहस्य सबभन्दा आश्चर्यजनक देखिन्छ। उनको १५ वर्षे शासनकालमा उनले एक पटक पनि आफ्नी आमाबारे सार्वजनिकस्थलमा केही बोलेकै छैनन्।

 

वंशका कारण प्राप्त भएको तानाशाहीको वैधता "माउन्ट पेक्टु" वंशमा टिकेको देखिन्छ - यो वंशको नाम कोरियाली प्रायद्वीपको सबभन्दा अग्लो पहाडको नामबाट लिइएको हो। यसलाई कोरियालीहरूको मिथकीय जन्मस्थान मानिन्छ। यो त्यही स्थान हो जहाँ राष्ट्रपिता मानिने किम इल सुङले जापानी उपनिवेशवादीहरू विरुद्ध गुरिल्ला गतिविधि गरेका थिए।

 

सत्ताका दुई प्रमुख व्यक्तिका आमाहरू - देशका राष्ट्रपिता मानिने किम इल सङकी आमा काङ पान सक तथा किम जङ इलकी आमा किम जङ सक - दुवै जनालाई कोरिया देशका आमाहरूका रूपमा सम्मान गरिन्छ। तर अहिलेका सर्वोच्च नेता किम जङ अनकी आमा को योङ हुई भने गुमनाम झैँ छन्। उनको नाममा वा सम्मानमा कतै केही नामाङ्कित छैन।

 

को योङ हुई गुमनाम हुनुको मुख्य कारण चाहिँ कोरियाली समाजमा विद्यमान सामाजिक धारणामा दागी मानिने वर्गकी थिइन्। त्यस्तै उनी औपचारिक नभएर 'मिस्ट्रेस' (बिहे गरेकी नभएर गुपचुप श्रीमतीका रूपमा राखिएकी महिला) थिइन्। र, विश्लेषकहरू भन्छन् यी तथ्यहरू सार्वजनिक भए त्यसले सत्तामा खतरा उत्पन्न हुन सक्छ।

 

जीवनी लेखकले जुटाएका विभिन्न जानकारी अनुसार उनको जन्म सन् १९५२ मा जापानको ओसाका शहरमा भएको थियो। उनका माता पिता मुख्यत: जेजु टापुमा बस्थे। जुन अहिले उत्तरको शत्रुराष्ट्र दक्षिण कोरियामा पर्छ। को का परिवार "जाइनिची कोरियाली" थिए जो कोरियामा जापानले औपनिवेशिक शासन चलाएका बेला सन् १९१० देखि १९४५ मा जापानमा बस्न आएका थिए।

 

पुँजीवादी छिमेकी राष्ट्रमा बसेर उत्तर कोरियामा आफ्नो घर फर्कनेहरूलाई त्यतिबेला केही ईर्ष्याका साथ हेरिन्थ्यो किनभने त्यस्ता कोरियालीले आफूसँग नगद, लुगाफाटो र भाँडा वर्तन ल्याएका हुन्थे।

 

उनीहरूलाई "जेपो" भन्ने गरिन्थ्यो जसको अर्थ हो - विदेशीहरूको खतरनाक सिद्धान्तबाट प्रदूषित बन्न पुगेका खतरनाक समूह। उत्तर कोरियामा विद्यमान कडा सामाजिक वर्गीकरणमा - जसलाई सङबन भनिन्छ - जाइनिची कोरियाली डगमगाएका वर्गमा पर्छन्।

 

उनीहरूमाथि राज्यले कडा निगरानी राखेको हुन्छ। उनीहरूलाई राम्रा विश्वविद्यालय तथा राम्रा कार्यालयहरूमा जागिर दिइन्न। उत्तर कोरिया सामाजिक मर्यादाक्रमलाई निकै महत्त्व दिने समाज भएको मुलुक हो जुन कतिपय विश्लेषकका दृष्टिमा जात प्रणाली जस्तै जेलिएको छ।

 

र त्यो "कतै कुनै समूहसँग जोडिएका आधारमै कुनै व्यक्तिलाई दोषी करार गर्ने प्रणाली" भएको पनि देश हो। डोङयाङ विश्वविद्यालयका डा जेअङ योङ टे त्यहाँ नागरिकलाई उनका परिवार वा परिवारका अन्य सदस्यले के गर्छन् त्यसका आधारमा दण्ड दिने गरिन्छ भन्छन् ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार