विपद्का सूचनालाई प्रभावकारी ढंगबाट जनस्तरसम्म पुर्याउन आवश्यक
काठमाडौं । बिपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले प्राधिकरणको मुख्य ध्येय मनसुनजन्य विपदबाट जनधनको क्षति न्यून गर्ने रहेकोले यसमा सबै क्षेत्रको सहयोग आवश्यक भएको बताए ।
नेपालमा मनसुन प्रवेश गरेपछिको अवस्थाको विश्लेषण गर्न, विपद्का सूचनालाई अझ प्रभावकारी ढंगबाट जनस्तरसम्म पुर्याउन संचारकर्मीहरुको सुझाव लिन आइतबार बसेको कमाण्ड पोष्टका निर्णयहरु संप्रेषण गर्न पत्रकार भेटघाटको आयोजना गरिएको थियो ।
पत्रकार भेटघाटमा विभिन्न संचारमाध्यमका साथै स्वतन्त्र पत्रकार एवं अध्येताहरुको उपस्थिति थियो । पहिरो प्रभावित रोल्पाको थवाङ गाउँपालिका, सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिका वडा नं २ र आसपासका क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्न बिषयमा पनि कार्यक्रममा छलफल भएको थियो ।





प्रतिकृया दिनुहोस