• बिहीबार ५-४-२०८३/Thursday 08-20-2026
रंगमञ्च

त्रिभुवन विश्वविद्यालयमा रंगमञ्चको अध्ययन 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब औपचारिक रूपमा रंगमञ्चको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले पोस्ट ग्राजुएट डिप्लोमा तहमा रंगमञ्चको अध्यापन गराउने भएको हो । 

 

मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रहने यो विषय एक वर्षको हुने बताइएको छ । रंगमञ्च अध्ययन ९थिएटर स्टडिज० नाम दिइएको यो कोर्सको पाठ्यक्रम तयार भइसकेको छ । पाठ्यक्रममा रङ्गमञ्चको इतिहास, नाट्य सिद्धान्त, परम्परा, थिएटर पेडागोजी, अनुसन्धानदेखि थिएटरको प्रयोगात्मक अभ्यासलाई समेटिएको सङ्कायका डीन प्रोफेसर डा. दुबिनन्द ढकाल विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

 

नेपाल सेन्टर अफ इन्टरसेनल थिएटर इन्स्टिच्युटका अध्यक्ष तथा रङ्गकर्मी केदार श्रेष्ठले विश्विद्यालयको मान्यतामा छिरेपछि आम रुपमा यो कला र प्राज्ञिक विषय भनेर स्थापित हुन सजिलो हुँदै जाने बताए ।  यो नेपाली रङ्गमञ्चको उपलब्धि भएको उनको भनाई छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार