सुरक्षित गर्भपतन सेवा र अधिकारबारे छलफल
काठमाडौं । सिआरआर सँगको साझेदारीमा एफ डब्लु एलडीले अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको अबसर पारेर गुणस्तरीय,सस्तो, पहुँचयोग्य, सुरक्षित गर्भपतन सेवा र अधिकार विषयमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
वरिष्ठ अधिवक्ता गीता देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रतिनिधि कानून समितिको अध्यक्ष पूजा चौधरीले कार्यक्रमको प्रमुख अतिथिका रुपमा आफ्ना भनाइ राखेकी थिइन।
कार्यक्रममा विभिन्न खण्डहरू समावेश गरिएको थियो। कार्यक्रमको मुख्य भागमा नेपालको गर्भपतन अधिकारतर्फको यात्रालाई देखाउने एक वृत्तचित्र भिडियो प्रस्तुत गरिएको थियो । नेपालमा गर्भपतनलाई अपराधमुक्त बनाउने आवश्यकतालाई जोड दिने नाटक समेत प्रदर्शन गरिएको थियो र सहभागीहरू बीच खुला छलफल पनि भएको थियो ।
सिआरआरका क्षेत्रीय निर्देशक अधिवक्ता प्रवीणा बज्राचार्यले कार्यक्रममा प्रस्तुत सामग्री र सुरक्षित गर्भपतन सेवासँग सम्बन्धित कानूनी प्रावधानहरू तथा संशोधन गर्नुपर्ने मुद्दाहरूको बारेमा प्रकाश पारेकी थिइन।
यस कार्यक्रममा सांसदहरू, कानुन व्यवसायी, सरकारी र गैर-सरकारी कार्यालयका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, कानूनका विद्यार्थीहरू, नागरिक समाजका प्रतिनिधि र प्रजनन स्वास्थ्य विशेषज्ञहरूलगायतको उपस्थीति थियो ।अधिवक्ता नवीन कुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।





प्रतिकृया दिनुहोस