• बुधबार २-२७-२०८३/Wednesday 06-10-2026
स्वास्थ्य

दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ

काठमाडौं । दैनिक जीवनमा थोरै भए पनि शारीरिक गतिविधि बढाउँदा त्यसले हाम्रो स्वास्थ्यमा दीर्घकालीन फाइदा पुग्न सक्छ। कहिलेकाहीँ बिहान हिँड्न निस्कन मलाई निकै सङ्घर्ष गर्नुपर्छ। तर म जसरी पनि निस्कने प्रयास गर्छु किनभने मलाई थाहा छ त्यो काम मेरा लागि निकै फाइदाजनक छ।

 

हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा मैले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।

 

हामीले त्यो फाइदाका लागि सघन व्यायामहरू नै गरिराख्नुपर्छ भन्ने जरुरी नभएको स्पष्ट छ। नयाँ अनुसन्धानले हाम्रो क्रियाकलाप थोरै बढाउँदा पनि हाम्रो स्वास्थ्य र दीर्घायुमा बलियो प्रभाव पर्ने देखाएको छ।

 

दैनिक जम्मा पाँच मिनेटको हलुका व्यायामहरू, जस्तै - बिस्तारै हिँड्दा, साइकल चलाउँदा वा भर्‍याङ चढ्दा अल्पायुमा हुने १० मध्ये एउटा मृत्यु रोक्न सकिन्छ र यसले दशौँ लाख मानिसहरूको आयु बढाउन सक्छ।

 

तर यसको अर्थ जम्मा पाँच मिनेटको व्यायामले तपाईँलाई स्वस्थ राख्छ भन्ने चाहिँ होइन। केही नगर्नुभन्दा त्यतिसम्म भए पनि गर्दा राम्रो हुन्छ र हाम्रो शारीरिक गतिविधि थोरै बढाउँदा पनि हाम्रो समग्र स्वास्थ्य सुधार हुन्छ भन्न खोजिएको हो। सक्रिय र तन्दुरुस्त मानिसहरूलाई पाँच मिनेट अतिरिक्त व्यायाम गर्दा थोरै मात्र फाइदा पुछ। तर त्यति पनि नगरिरहेका मानिसहरूलाई चाहिँ यसले धेरै फाइदा पुर्‍याउन सक्छ।

 

"शारीरिक क्रियाकलाप उच्च तनाव र थकान महसुस हुने दर कम गर्न निकै फाइदाजनक हुन्छ," अमेरिकाको रोड आइल्यान्ड विश्वविद्यालयका शारीरिक चालसम्बन्धी उपप्राध्यापक निकोल लोगन भन्छन्। "हामीलाई थाहा भएको कुरा शारीरिक क्रियाकलाप, मांसपेशीको सबलता र गुणस्तर, हड्डीको बलियोपनाजस्ता कुरा दीर्घ र स्वस्थ जीवनका सङ्केत हुन्।"बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार