यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु १० जना घाइते
बर्दघाट । बिनयी त्रिवेणी गाउँपालिका –२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।
प्रहरी निरीक्षक थमन सिंह रानाले बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएको जानकारी दिएका छन । बसमा सवार २ जना सकुशल रहेका छन् ।
घाइतेहरु गोरखाका ३० वर्ष हरिशरण थापा,अछाम मंगलसेनका तेजेन्द्र प्रसाद भण्डारी,बर्दिया ठाकुरबाबा १ बस्ने वर्ष २० की आकृती,बाजुराका पवन बुढा,बर्दिया राजापुरका सञ्जय थारुmबाजुरा बस्ने प्रेम बम,ललितपुरका अनोज खत्री,बर्दिया बाँसगढीका लाल बहादुर कार्की,नेपालगञ्जका अस्लाम भगवान र सल्यान वनगढका अनिल बुढाथोकीको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका –०३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी छ ।





प्रतिकृया दिनुहोस