• सोमबार १-१७-२०८१/Monday 04-29-2024
डबली

ललितकलामा निरीक्षण 

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मङ्गलबार राष्ट्रिय सभा, नेपालअन्तर्गतको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ ले निरीक्षण तथा अध्ययन भ्रमण गरेका छन् । 

 

कार्यक्रममा समितिका सभापति मायाप्रसाद शर्मा, नरपति लुवार, विना पोखरेल, गोपाल भट्टराई, तुलसाकुमारी दहाल, गोमादेवी तिमल्सिना, युवराज शर्मा,  मदनकुमारी शाह, नरबहादुर विष्ट तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राई, समिति सचिव कमला शाक्य, प्रतिष्ठानका उपप्रशासन प्रमुख कमलमणि काफ्लेलगायतको उपस्थिति रहेको थियो । 

 

छलफलका क्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपालका सांस्कृतिक, ऐतिहासिक सम्पदा मुख्यतः कलासँग जोडिएको बताउँदै त्यसबाट हुने आम्दानी कलाक्षेत्रलाई छुट्टयाउनुपर्नेमा जोड दिए । उनले प्रतिष्ठानले प्रदेशसँगै पालिका सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू गरेको बताए । 

 

सदस्य सचिव थुम्केलीले ललितकला क्षेत्रसँग सम्बन्धित ऐन, कानुन तथा कच्चापदार्थ, भंसारलगायतमा देखिएका कानुनी जटिलताका विषयलाई उठान गर्दै तिनको सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले ललितकलालाई शिक्षा र सीपसँग सम्बन्धित विषय, कार्यक्रमिक कार्ययोजना, राष्ट्रिय ललितकला संग्रहालय, प्रदेश प्रदर्शनी, कला हब, काठमाडौं ट्रिएनाले, कन्जर्भेसनररेनोभेसन, गणतन्त्रको प्रतीक, अन्तर्राष्ट्रिय ललितकला मेला, सातै प्रदेशमा संग्रहालय, खुला मूर्तिकला बगैंचारपार्करस्मारक, अध्ययन अनुसन्धान, प्रकाशन लगायतका विषयमा काम गर्नुपर्ने गरी लाग्नुपर्नेमा जोड दिए । 

 

समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले ऐन, कानुन ललितकला मैत्री हुनुपर्नेमा जोड दिए । उनले ललितकलाकर्मीहरूलाई कच्चा पदार्थ तथा प्रदेश र पालिका सरकारले ललितकला क्षेत्रलाई  उचित सम्बोधन गर्नुपर्ने बताए । छलफलमा समितिका सांसदहरूले ललितकला क्षेत्रसँग सम्बन्धित विभिन्न जिज्ञासाका साथै प्रतिष्ठानले आगामी दिनमा गर्ने कामहरूका बारेमा चासो राखेका थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार