• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने

भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ ।शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ।

 

सर्वसाधारणले आफ्नो ब्याङ्क खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै ब्याङ्क शाखामा गएर नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ।यद्यपि ब्याङ्क खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानूनहरू मात्र लागु हुनेछन्।

 

 

सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १,००० रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए।त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट ल्याएको थियो। यद्यपि विगतका वर्षहरूमा ५०० को नोट निकै चलेको थियो।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार