• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
बिश्व

कपाल झर्ने समस्या रोक्ने प्रभावकारी उपाय

कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन्।आनुवंशिक, चिकित्सकीय अवस्था, बुढ्यौली अथवा जीवनशैलीलगायत कैयौँ कारणले कपाल झर्न सुरु हुन सक्छ।


कपाल झर्ने कारण खोतल्न र त्यसका समाधानबारे बुझ्न हामीले यूकेमा रहेकी एक केशविशेषज्ञ एनिटान एगिडीसँग कुराकानी गरेका छौँ।उनले थरीथरीका मानिसहरूलाई हेर्दै आएकी छन्, तीमध्ये खास गरी अफ्रिकी मूलका मानिसहरूको जस्तो कपाल हुने महिला छन्।

 

अमेरिकी जर्नल 'डर्माटोलजिक सर्जरी'का अनुसार १८-२९ उमेरका १६ प्रतिशतभन्दा बढी पुरुषले कपाल झर्ने समस्या झेल्ने गरेका छन्।त्यो बढेर ३०-३९ उमेरका ३० प्रतिशत पुरुषमा त्यो समस्या देखिन्छ भने ४०-४९ उमेरका करिब आधाजति पुरुषले कपाल झर्ने समस्या झेल्छन्।

 

चिकित्सकहरूले भन्ने गरेको 'एलपीशा' अर्थात्‌ कपाल झर्ने समस्या पुरुषमा हुँदा बढी चर्चा हुने गर्छ, तर महिलाहरूमा पनि कपाल झर्ने समस्या सामान्य नै हुन्छहार्वर्ड मेडिकल स्कूलका अनुसार जिन्दगीको कुनै न कुनै बिन्दुमा एक तिहाइ महिलाहरूले पनि कपाल झर्ने समस्या भोग्छन्।

 

छालारोग विशेषज्ञ डा. आँचल पन्थका अनुसार कपाल झर्ने समस्यालाई रोक्न सबैभन्दा पहिला कुनै व्यावसायिक व्यक्तिलाई देखाउनुपर्छ किनकि उनीहरूका सुझावअनुसार तपाईँ आफ्नो दैनिक जीवनमा थुप्रै परिवर्तन ल्याउन सक्नुहुन्छ।

 

 

कपाल झर्ने समस्या देखिनासाथ धेरै मानिसले मिनक्सिडिलजस्ता रसायन भएका 'टपिकल क्रीम'हरू अथवा क्याफीनमा आधारित उत्पादनहरू प्रयोग गर्न थाल्छन्।मिनक्सिडिल सामान्यतया तरल अथवा फिँजको स्वरूपमा प्रयोग हुन्छ। त्यसले कपालका जराहरूमा रगतको प्रवाह बढाउने गरेको पाइन्छ, जसले केश बढ्नमा मद्दत पुर्‍याउँछ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार