ट्रम्पको दोस्रो कार्यकालका सय दिन,विरोधीलाई निसाना बनाएर चुनावी अभियानकै शैलीको भाषण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सयौँ दिनमा आफ्ना उपलब्धिहरू उल्लेख गर्दै र राजनीतिक विरोधीहरूलाई निसाना बनाएर चुनावी अभियानकै शैलीको भाषण गरेका छन्।उनले भन्ने गरेको "सामान्य अर्थमा क्रान्ति"को प्रशंसा गर्दै ट्रम्पले मिशिगनमा समर्थकहरूको भिडमा "गहिरो परिवर्तन"का लागि आफूले आफ्नो राष्ट्रपति पदलाई प्रयोग गरिरहेको दाबी गरे।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती डेमोक्र्याट जो बाइडनको खिल्ली उडाए।उनले केन्द्रीय ब्याङ्कका प्रमुखमाथि लगाएका आरोपहरूले लोकप्रियतामा कमी आएको सर्वेक्षणहरूले देखाएका भए पनि ट्रम्प अमेरिकी केन्द्रीय ब्याङ्कका प्रमुखलक्षित आलोचना अभिव्यक्त गर्न चुकेनन्।
ट्रम्प राष्ट्रपति बनेपछि गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्यामा नाटकीय रूपले गिरावट आएको छ।यद्यपि अर्थतन्त्र चाहिँ उनका लागि सम्भावित राजनीतिक जोखिम बनेको छ किनभने उनका नीतिहरूका कारण विश्वव्यापी व्यापारयुद्ध निम्तिएको छ।
ट्रम्पले मङ्गलबार डीट्रोइट शहरको बाहिरी क्षेत्रमा समर्थकमाझ भने, "हामीले भर्खर त सुरु गरेका छौँ, तपाईँहरूले अहिलेसम्म खासै केही देख्नु भएको छैन।"अमेरिकाको अटोमोबाइल उद्योगको केन्द्रमा बोल्दै ट्रम्पले कार कम्पनीहरू उक्त मध्यपश्चिमी राज्यमा नयाँ उत्पादन प्लान्टहरू खोल्न "लाइन लागेको" बताए। त्यसअघि उनले आफ्नो आर्थिक योजनाको एक प्रमुख हिस्सालाई केही खुकुलो पारेका थिए।
अमेरिकी कार निर्माताहरूले मूल्य बढ्ने खतरा रहेको चेतावनी दिएपछि ट्रम्पले विदेशी कार र कारका पार्टपुर्जाहरू आयात शुल्कलाई केही खुकुलो पारेका हुन्।बीबीसी
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस