• मंगलबार २-२३-२०८०/Tuesday 06-06-2023
डबली

भागशान्ती

पार्टी–पार्टी घोषणामा सुशासनको नारा    
मितव्ययी काम काजमा प्रतिवद्ध सारा

 

जनताको आसा ठुलो खर्च कटौतीको    
मन्त्रीमण्डल बन्ने आशा चुस्त प्रकृतिको

 

तर सरकार बन्दै जाँदा अलि नौलोपन  
उप–प्रधान उपस्थिीति चार–चारजन 

 

गणितिय समर्थनमा बल पुर्‍याउने चासो  
मन्त्री संख्या बितरण भाग शान्ती नासो

 

मेलमिलापमा अवसर छोप्न अग्रसर साथी    
प्रतिष्पर्धि पहिचान “को भन्दाको माथि ?”

 

सहमति बैठकमा छरिएका माग
सवै पार्टी मोलमोलाइ पाउन ठुलो भाग

 

पार्टी बिचार भिन्नता बिच जोडिएका मन 
चुुनौैतिको गठबन्धन आशा अनेकन

 

समर्थककोे नजरमा मन्त्रीमण्डल राम्रो
छ–छ जना उप–प्रधान भाका छैनन हाम्रो ।।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार