वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई रोक्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोक्ने बताएका छन ।
शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रूखहरूको महत्व भएको बताए ।
यस्तै प्रधानमन्त्री ओलीले बाघ खेलाँची गर्ने जनावर नभएको बताउदै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गरे ।
प्रतिकृया दिनुहोस