सुदनको 'चाहिदैन भो पैसाको थुप्रो'मा सरोज र बिना

काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको 'चाहिदैन भो पैसाको थुप्रो नी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेशजाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।
गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्। भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्।
फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। भिडियो 'राइट ट्युन इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
भिडियो :https://www.youtube.com/watch?v=x2sQ9EQJpmA
प्रतिकृया दिनुहोस