• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

सुदनको 'चाहिदैन भो पैसाको थुप्रो'मा सरोज र बिना

काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको 'चाहिदैन भो पैसाको थुप्रो नी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा  पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेशजाने खर्चले नेपालमै केहि  गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।  

 

गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।  भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।  भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्।

 

 फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भिडियो 'राइट ट्युन इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  

 

भिडियो :https://www.youtube.com/watch?v=x2sQ9EQJpmA

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार