• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
फेशन

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला

काठमाडौं । ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ । आयोजकले विज्ञप्ती जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको छ ।

 

१८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ ।

 

प्रतियोगिताको अडिसन भदौं ११ गते हुनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताए । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोवल अनलाईन पेमार्फत आफ्नो आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार