• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

हामीले सोचेअनुसार बन्चरेडाँडामा फोहोर पुर्‍याउन सकिएन : बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पुर्याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् ।

 

महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो । तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम सहज नभएको’ जनाइएको छ ।

 

सत्तारूढ दलबाटै असहयोग भएपछि प्रमुख साहले आक्रोश व्यक्त गर्दै ‘राज्य संयन्त्र निरीह बनेको’ आरोप लगाएका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै साहले ‘फोहोर व्यवस्थनमा सिंगो राज्य संरचना निरीह बनेको’ टिप्पणी गरेका हुन् ।

 

बन्चरेडाँडमा ५ अर्बभन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा समेत फोहोर लैजान ‘माथापच्ची’ गर्नुपरेकोमा उनले असन्तुष्टि र आक्रोश पोखेका छन्। ‘२ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ? ’ शाहले प्रश्न गरेका छन् ।

 

केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध खडा गर्ने प्रयास गरिएको बताउँदै साहले सोमबार २ सय ३ वटा मात्र फोहोरका गाडी बन्चरेडाँडा लैजान सकिएको अवगत गराएका छन् । उनले राज्य संयन्त्रमाथि गम्भीर प्रश्नसमेत तेस्र्याएका छन् ।

 

साहले ‘बन्चरेडाँडामा राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाए पनि अहिले आएर फोहोर लैजान यतिका माथापच्ची किन ?’ भन्दै गम्भीर प्रश्न गरेका छन् ।

 

‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छन् । सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक पनि होइन,’ शाहले सबै भनेका छन्, ‘हामी विश्वस्त पार्न चाहन्छौं कि विगत दोहो¥याएर अपराध गर्ने छैनौं । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ ।’

 

साहले सिसडोलका स्थानीय बासिन्दासँग आफूले गरेका सहमति इमानदारितापूर्वक पालना गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ‘व्यवस्थापन हाम्रो स्वार्थको गर्नुपर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थ व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नुभएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ,’ उनले भनेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार