• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
अर्थ

मेगा क्यापिटलको प्रमोटर सेयर खरिद-बिक्री सहजीकरण सेवा

 

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । क्यापिटलले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरु खरिद विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको हो।

 

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन, इमेल , वा मेगा क्यापिटलको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्ने क्यापिटलले जनाएको छ।

 

धेरै लगानीकर्ताहरुले  प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार