दुई सय रुपैयाँ घट्यो सुन,चाँदीको मूल्य स्थिर
काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला दुईसयले घटेर ९१ हजार ३०० पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ८०० तोकिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार १९० मा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस