• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

छैटौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा

काठमाडौं । छैठौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८ आगामी पुस २, ३ र ४ गते आयोजना हुने भएको छ ।

 

चितवन उद्योग संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रर्दशनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २ सयभन्दा बढी स्टलहरु रहने जनाएको छ । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । “टेक्नोलोजी ट्रान्सफर गर्ने, नेपाली उत्पादनको बजारीकरणका लागि सहज गर्ने र जो नयाँ इन्डष्ट्रिमा आउन खोज्नु भएको छ, उहाँहरुलाई आकर्षण गर्नका लागि यो प्रर्दशनी गर्न लागिएको हो” उनले भने ।

 

प्रर्दशनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुने भएको छ। उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महाविर पुनले बताए । उनले देशको सेवाका लागि केही योगदान गर्न सकिन्छ भनेर आफूहरुले पनि सो प्रर्दशनीमा भाग लिने निर्णय गरेको बताए । “देशलाई समृद्ध बनाउने भनेको उद्योगीहरु र उद्यमीहरुले हो। सरकारको काम, नेताहरुको काम के हो भन्दाखेरी उद्योगी, उद्यमीहरुलाई काम गर्न सजिलो वातावरण बनाई दिने मात्रै हो” उनले भने, सजिलो वातावरण बनाई दियो भने उद्यमीहरु आफैं बन्दछन् । तर हाम्रो नेपालमा के छ भने सजिलो वातावरण बनाउने होइन कि कसरी अप्ठयारो वातावरण बनाई दिने भनेर चेपुवामा पार्ने वातावरण छ, परम्परा छ ।”

 

प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औंजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिनेछ । त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेको उपकरणहरु पनि प्रर्दशनीमा राखिने चितवन उद्योग संघले जनाएको छ । प्रर्दशनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरुलाई पुरस्कारसहित सम्मान गरिनेछ।कारोवार

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार