• बिहीबार ६-२२-२०८३/Thursday 10-08-2026
मनोरञ्जन

सांगीतिक आकाशमा चम्किँदै अजय शमशेर 

काठमाडौं । ‘नक्कली मैया तिमीलाई घुमाउने छैन्–रुपैयाले’ बोलको गीत नसुनेका सायदै कमै होलान् ।

 

यो गीत गायक अजय शमशेरले गाएका हुन् । यो गीत नेपालको चर्चित तथा लोकप्रिय पप म्युजिक व्याण्ड इथोज व्याण्डले बजारमा ल्याएको हो । अजय व्याण्डका भोकलिस्ट हुन् । 


झट्ट नाम थर सुन्दा राणा परिवारको हो भन्ने छुट्याउन सकिन्छ अजयलाई । उनको वास्तवीक नाम  रुद्र शमशेर जंगवहादुर राणा हो । राणाहरुले नेपालको राज्यसक्ता चलाएका हुन् । अहिले पनि राणा खानदान सवै आर्मीको जर्नेल तथा कर्णेल साथै महत्वपूर्ण पदहरुमा छन् । तर अजय भने नेपाली साँगेतीक आकाशको सेवामा लागेका छन् । 

 

सन् २००७ मा इथोज व्याण्ड स्थापना भएको हो । यो व्याण्ड अजयहरुनै मिलेर स्थापना गरेका हुन् ।  यो व्याण्डलाई स्थापित गर्न र गराउन अहोरात्र मेहनत गरेका अजय शमशेरको त्यो योगदानलाई इथोज व्याण्डका सवै व्याण्ड सदस्यहरुले प्रशंशा गर्छन् । 

 

अजयलाई उनको पहिलो एल्वम आश्माका नक्कली मैया तिमीलाई घुमाउने छैन्–रुपैयाले बोलको गीतले स्थापित गरेको हो । गीतको भिडियोमा चर्चित नायक विनय श्रेष्ठ तथा नायिका निशा अधिकारीको अभिनयले पनि यो गीतलाई चर्चाको शिखरमा लग्यो । यो एल्वममा ७ वटा गीतहरु रहेका छन् । 

 

अजयको मिहेनत यतिमा मात्र रोकिएन । उनले आफ्नो साँगेतीक जीवनलाई कहिल्यै पर सारेनन् । अहोरात्र मिहेनत गरिरहे । व्याण्डलाई सफल बनाउन उनी मात्र होइन उनका सबै साथिहरु लागि रहे । 

 


यो व्याण्डले दोस्रो एल्वम पनि निकाल्यो । निरन्तरको मिहेनत र परिश्रमले अजयलाई अझ निर्खादै लग्यो । यो एल्बममा भएको आयौ मेरो मनमा सुस्तरी–सुस्तरी बोलको गीतले उनको उचाइलाई प्रमाणित गरिदियो । ८ वटा गीत रहेको यो एल्वमका सबै गीतहरु सफल भए । रेडियो–एफएम तथा टेलिभिजनहरुमा अझैपनि बज्ने गरेको यो गीत नेपाली पप गीतमा सदावहार सुपरहिट गीतको रुपमा नै लिइने गरेको छ। तेश्रो एल्बम प्रस्ताव–२ का ५ गीत मध्ये गल्ती मेरो छैन, स्पर्श, गोरी आऊ लगायतका गीत पनि चर्चामा रहेका छन्। 

 

 

करिब ४० वटा राम्रा र कर्णप्रिय गीत गाइसकेका अजय शमशेरको एक नयाँ गीत कसरी भनौ म बोलको गीत गायक राजेश हमाल अध्यक्ष रहेको रिभेल इभेन्ट म्यानेजमेन्ट कंपनीवाट निर्माण भएको छ। जुन गीतमा भारतीय (र्यापर अनुरागले (र्याप हानेका छन्। इथोज व्याण्डकै मोडल विष्णु लामा र राधाले यस गीतमा बेजोड अभिनय गरेका छन्।

 

 निकट भविष्यमा चलचित्र निर्देशन गर्ने सोच पनि अजय शमशेरले गरेका छन्। यद्यपि, गीत गायन नै अजय शमशेरको रुचि तथा पेशा हो। यो रुचि तथा पेशामा आफै रमाउंदै अगाडि बढ्ने कार्य अजय शमशेरवाट भैरहेको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार