• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

सौतेनी बहिनी बलात्कारको गरेको आरोपमा बझाङका युवकलाई भारतमा मृत्युदण्ड

काठमाडौं । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड) को सजाय दिइएको छ ।

 

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

 

बझाङका ती युवक भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्ला जाजरदेवलमा बस्दै आएका थिए। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आफैँ अभिभावक बनेर ती युवकले सौतेनी बहिनी पाल्दै आएका थिए ।

 

भारतीय पत्रिका अमर उजालाका अनुसार ती युवक ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनीलाई अभिभावक बनेर आफैँले ल्याएर पालेका थिए । पिथौरागढका न्यायधीश डा ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार मृत्युदण्डको सजाय सुनाएको हो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार