अनुको 'देखे जब उनीलाई' मा प्रकाश र प्रजिनाको रोमान्स
काठमाडौं । अनु शाहको शब्दमा रहेको 'देखे जब उनीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा स्वर गायक जगदीश समालको रहेको छ। नारायण सुवेदी आभाषले संगीतवद्द गरेको गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन्।
भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।
राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस