• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा छानियो ‘कठपुतली’

काठमाडौं । नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा आधिकारिक रुपमा छनौट भएको छ।

 

आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखमा स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ।
 

‘कठपुतली’ का निर्देशक भिमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनौट हुनु नेपाल र नेपाली फिल्म क्षेत्रका लागि गर्वको कुरा रहेको बताए। अहिले उनी फिल्मको स्क्रिनिङका लागि अमेरिकामा नै छन् । न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा यो फेस्टिभल आयोजना हुँदैछ ।



काल्पनिक कथामा निर्माण भएको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ। पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्। अन्य हरर फिल्मभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्देशक लामा बताउँछन् ।



निर्देशक लामाले यसअघि लघु फिल्मबाट विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड जितिसकेका छन्। उनले ‘कठपुतली’ बाट फिचर फिल्ममा डेब्यू गरेका हुन्। ‘यो फिल्म हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर फिल्म मेरो रोजाइको विषय हो र यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो ।’ फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो। यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार