• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
पत्रपत्रिका

निशाको उपचारमा कलाकर्मीको सहयोग

काठमाडौं । दुर्घटनामा परी ३ वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी अभिनेत्री तथा मोडल निशा घिमिरेको सहयोगको लागि कलाकारहरुले हात अगाडि बढाएका छन्।

 

निशालाई नर्भिक अस्पतालले उद्धार गरी उपचार शुरु गरेपछि अभिनेत्री करिष्मा मानन्धरले कलाकारलाई कलाकारको साथ भन्ने आव्हान गर्दै उनको पिता प्रेमप्रसाद घिमिरेलाई २५ हजार रुपैयाँ सहयोग गरेकी छिन्।

 

त्यसै गरी नेपाल चलचित्र कलाकार संघकी बरिष्ठ उपाध्यक्षसमेत रहेकी अभिनेत्री रेजिना उप्रेतीले १० हजार रुपैयाँ सहयोग गरेकी छिन्। निशाको दर्दनाक अवस्थाबारे थाहा भएसँगै उनलाई देश विदेशबाट सहयोग शुरु भएको हो। 

 

यस्तै अमेरिकामा रहँदै आएकी अभिनेत्री उषा पौडेलले पनि २२ हजार रुपैयाँ सहयोग पठाएकी छिन्। अमेरिकाबाटै प्रकाश थापाले १० हजार रुपैयाँ सहयोग पठाएका छन्। पौडेल र थापाले पठाएको रकम अभिनेत्री रेजिनाले निशाका पितालाई हस्ताननरण गरेकी छिन्।

 

कलाकर्मीहरुले निशाको आर्थिक र स्वास्थ्य अवस्था बुझेर निःशुल्क उपचारको व्यबस्था गरेकोमा नर्भिक अस्पतालका संस्थापक बसन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गेरका छन्।

 

नेपाल चलचत्रि कलाकार संघका उपाध्यक्ष तथा प्रवत्ता मोहन निरौलाले संघका अध्यक्ष रवीन्द्र खड्काको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

 

निशाको अवस्थाबारे जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले बिहीबार घमिरेको उद्धार गरेकी हुन्। उनलाई नर्भिक अस्पतालले एम्बूलेन्स ल्याई भर्ना गरेको थियो। प्रारम्भिक जाचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ। 

 

अस्पतालका अनुसरका मुटु, मृगौला, कलेजो, फोक्सोलगायतको उनको अंगमा ठूलो समस्या देखिएको छैन। उनको उपचारमा संलग्न चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन्।समाचारपत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार