साइबर संस्कृति !!
बिस्तारै संवेदनहिनताका
पर्खाल चढेर हामी
भत्काउँदैछौ मर्यादाका मन्दिरहरू
कसैको मृत्युको शोकमा
गाउँदैछौ सुखका गीत
लाजका पोकाहरू
निर्वस्त्र खोलेर
देखाउँदैछौ गुप्ताङ्गको जरा
साँच्चै किन ? घट्दै छ
मानव सम्वेदना
यो साइबर साइको युग हो !
त्यसैले मृत्यलाई हसिमजाक बनाउँछौ
पिडालाई गीत
आँसुको मनोरञ्जन
अनि वीर्यको व्यापार
साँच्चै अब बाँकी छ के ?
मात्र प्रदर्शन गर्न
बेबी निस्कने प्रक्रिया
र
उदाङ्गो उद्गम प्रवृत्ति
एक लज्जा परित्यज्य
उर्फ
मात्र लाज गुमाउन सके
सबै हेर्न गर्न र देखाउन सक्ने
हामीभित्रको पशुत्व
किन बढ्दैछ !
आधुनिक संस्कार
र
आधुनिकताको नाममा
जवाफ छैन् युगसँग
किनकी यो भर्चुअल दुनियाँमा
अब भर्जिनिटिको कुनै मूल्य तोकिन्छ
र
बेचिन्छ सबैकुरा !! मान्छेको
रोग, शोक, भोग र भोकपनि !
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस