चेल्सी र पीएसजी विजयी
काठमाडौं । च्याम्पियन्स लीग फूटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा चेल्सी र पीएसजी विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मार्क्विन्होसले एक गोल थपे । बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काएका थिए ।
यस्तै अर्को खेलमा लेगमा चेल्सीले पोर्टोमाथि २–० जित निकाल्यो । अवे मैदानमा चेल्सीको जितमा मासन माउन्ट र बेन चिलवेलले गोल गरेका थिए ।
माउन्टले ३२औं र चिलवेलले ८५औं मिनेटमा गोल गरे । दोस्रो लेग चेल्सीको मैदानमा अर्को मंगलबार अप्रिल १३ तारिखमा हुनेछ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस