• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ । मंगलबार बिहान भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए। दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ ।

 

उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्दै छौंँ ।’ ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए ।

 

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए । अहिले आगलागी भइरहेको ठाउँभन्दा अगाडिका घरहरु डोजरले भत्काएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार