• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
रंगमञ्च

शरच्चन्द्र वस्ती, सुनील पोखरेल र ‘ज्ञ’ का बिद्यार्थीहरुको मिश्रण : नाटक ‘अर्को अर्थ नलागेमा’

फ्रेसन्युज संवाददाता, काठमाडौं । भाषाविद् शरच्चन्द्र वस्तीले कान्तिपुर दैनिकको शनिवारको अंकमा लेख्ने गरेका केही व्यंग्य लेखहरुलाई जोडजाड पारेर तयार पारिएको नाटक हो ‘अर्को अर्थ नलागेमा’। नाटक तीन भागमा प्रस्तुत गरिएको छ । समाज, कोरोना र राजनीति। 

 

अहिलेको राजनीतिक परिस्थिति निकै उदेकलाग्दो छ । देशको राजनीतिबाट हामी सबै पिडीत छौं। सबैमा राजनीति प्रति बितृष्णा जागेको छ । यही बितृष्णालाई दर्शकसामु उजागर गर्ने काम गर्छ नाटकले । 

 

नाटकका परिकल्पनाकार सुनील पोखरेल भन्छन्, हाम्रो सानो चित्त दुखाई छ । मुलुकका नेताहरुले आफनो भाषामा नाटक र नौटंकी शब्दलाई जसरी प्रयोग गर्दैछन् त्यसमा हाम्रो आपत्ति छ । नेताहरुलाई म यती मात्र भन्न चाहन्छु कि थाहा छैन भने पढ्नुहोस् तर हाम्रो साधनाको अपमान नगर्नुहोस् । यही कुरा ‘ज्ञ’ का युवा निर्देशकहरुले नेताहरुलाई नाटक मार्फत सम्झाउन खोजेको पोखरेलले बताए । 

 

यस्तै भाषाविद् शरच्चन्द्र वस्ती भन्छन्, रंगकर्मी सुनील पोखरेलले राख्नुभएको प्रस्तावले मुर्तरुप लियो, लेखहरुलाई नाट्क मार्फत सार्वजनिक गर्ने कुरामा हामी एक ठाउँमा उभियौं ।


सुनील पोखरेलको परिकल्पना तथा संयोजन रहेको नाटकमा ‘ज्ञ’ का विद्यार्थीहरुको अभिनय रहेको छ भने नाटकलाई ‘ज्ञ’ कै १० जना युवा बिद्यार्थीहरुले निर्देशन गरेका छन्। ‘अर्को अर्थ नलागेमा’ को नाटकको स्केचलाई अविनले बनाएका हुन।

 

नाटकमा विपिन कार्की, संगीत सापकोटा, सुरज तमु, सब्बु गुरुङ, मोहन राई, देबिशा लामिछाने, शर्मिला नेपाल, सविन भट्टराई, चन्द्र नेपाली, प्रकाश थापा, सोनु सेढाई, सुवास तिमल्सिना, सौरभ कार्की, अर्जुन थापा, उत्तमराज पाण्डे, आनन्द महत, मौसम खड्का, बिशाल देवकोटा, प्रमिला वि.क, शंकर पोखरेल, सौजन सेनेहाङ, अनिश सुवेदी, प्रकाश गुरागाई, सुव्रत सिलवाल, अभिषेक नेपाल, स्लीम जीवन, नीता राई, जयराम ढकाल, रविन पाठक, बिकास अधिकारी, निशान खत्री, राजेन्द्र कट्टेल, केशव शाही, सौगात अधिकारी, मणिराज पौडेल, एलेक्स घिसिङ तामाङ र गुञ्जन जोशीको अभिनय रहेको छ ।

 

नाटकको गीतमा आवाज भर्ने काम संयोग गुरागाई र अनुप न्यौपानेले गरेका छन् भने संगीत उत्सव बुढाथोकी, विश्व काफ्ले र मोनिष निरौलाको छ। नाटकलाई नवीनचन्द्र अर्याल,सुरज तमु, चन्द्र नेपाली,राज न्यौपाने,जयराम ढकाल, अकिल बजगाई, आर्जेश रेग्मी,संजीप योगी,निशांश पोखरेल र नीता राईले निर्देशन गरेका छन्। 

 

नाटक यही फागुन १८ देखि चैत ७ गतेसम्म शनिबारबाहेक हरेक दिन साँझ ५ः३० बजे मण्डला थिएटरमा मञ्चन हुँदैछ। नाटकको अवधी एक घण्टा ३० मिनेटको हुनेछ। Gate College, Adapt Nepal, Muktinath Bikas Bank, Entree, Sangrila Books, Swordhyan, Gorkhe Movie, नाटकको आयोजकका रुपमा रहेका छन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार