• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

तपाईहरुले चिन्ता लिनु पर्दैन म छदैँछु नी : प्रधानमन्त्री ओली 

काठमाडौं । सर्वोच्च अदालतले आफूले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक सिफारिशलाई उल्टाइदिएपछि साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका मन्त्रीहरूलाई ढाडस दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बितेको छु र चिन्ता गर्नुहुन्छ रु’ भन्नुभएको छ ।

 

मलिन अनुहारमा प्रस्तुत भएका मन्त्रीहरूको मनोबल बढाउँदै हौसला दिन उहाँले सबैले सुन्ने गरी त्यहिँबाट शेरबहादुर देउवासँग एकछिन कुराकानीसमेत गर्नुभएको स्रोतले बताएको छ ।

 

बूढानीलकण्ठबाट देउवाले आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै अरुलाई सहयोग गर्न सकिने आशय पटकपटक प्रकट गरिरहेको पृष्ठभूमिमा यता मन्त्रीहरूलाई ढुक्क रहन आश्वासन दिइएको थियो । अदालतको फैसलापछि अब सबैभन्दा पहिले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान हुनेछ । त्यहि क्रममा पुस ५ गते दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको अविश्वास प्रस्तावमाथि छलफल र मतदान हुनेछ । त्यसभन्दा अगाडि नै बस्ने नेकपा सँसदीय दलको बैठकले ओलीलाई नेताबाट हटाउने छ ।

 

पार्टी बिभाजन हुन केन्द्रीय कमिटी र सँसदीय दल दुबैतिर ४०५ को साथ मिल्नुपर्ने हुन्छ । पार्टीमा ओली स्पष्ट अल्पमतमा हुनुहुन्छ भने दलमा पनि संख्या पुर्याउन नसक्दा बिभाजनले मान्यता पाउन सक्दैन । यसकारण अब साँसदहरुको तानातान र काङ्ग्रेस फकाउ अभियान शुरु हुने पक्का छ ।जनआस्था साप्ताहिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार