• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
बिश्व

जाँदाजाँदै ट्रम्पले भने, 'हामी कुनै न कुनै रूपमा फर्कनेछौँ'

काठमाडौं । राष्ट्रपतिको रूपमा ह्वाइट हाउसबाट अन्तिम पटक बाहिरिए लगत्तै डोनल्ड ट्रम्पले आफू 'कुनै न कुनै रूपमा फर्कने' बताएका छन्।

 

फ्लोरिडातर्फ प्रस्थान गर्नु अघि उनले समर्थकहरूलाई 'उनीहरूको राष्ट्रपति हुन पाएकोमा ठूलो गौरव भएको' बताएका थिए।

 

आफ्नो उत्तराधिकारीको सपथ ग्रहण समारोहमा अनुपस्थित हुने उनी सन् १८६९ यता कै पहिलो अमेरिकी राष्ट्रपति हुन्। तर जाँदाजाँदै उनले भने :

 

'नयाँ प्रशासनलाई धेरै शुभकामना अनि ठूलो सफलताको कामना गर्छु।'

 

ट्रम्प तथा उनकी पत्नी मेलानिया ह्वाइट हाउसबाट फ्लोरिडा जाने क्रममा म्यारिल्यान्डस्थित जोइन्ट बेस एन्ड्र्युज पुगेका थिए र त्यहाँ उनले राष्ट्रपतिको रूपमा आफ्नो अन्तिम सम्बोधन गरेका थिए।

 

उनले आफ्नो कार्यकालमा भएका 'गजबका उपलब्धिहरू' बारे चर्चा गर्दै रोजगार सृजना, अन्तरिक्ष फौज ९स्पेस फोर्स०को स्थापना, कर प्रणाली, तथा द्रुत गतिमा कोभिड खोप विकासको उल्लेख गरे।

 

उनले मानिसहरूलाई कोरोनाभाइरसको 'डरलाग्दो' महामारीबाट जोगिन 'अत्यन्त सतर्कु हुन पनि आह्वान गरे। उनले भने, 'तपाइँहरूको राष्ट्रपति बन्न पाउनु ठूलो सम्मान र सौभाग्य रह्यो‘ म सधैँ तपाइँहरूका निम्ति लडिरहनेछु। म हेरिरहनेछु। म सुनिरहनेछु।'

 

उनले नयाँ प्रशासनलाई सफलताको कामना गरे पनि जो बाइडनको नाम उच्चारण गरेनन्। उनले भने, 'हामी कुनै न कुनै रूपमा फर्कनेछौँ। छिट्टै भेट्नेछौँ।' त्यसपछि उनी फ्लोरिडाको पाम बीचस्थित मार(आ(लागो गल्फ क्लबतर्फ लागे जहाँ उनले अबका दिनहरू बिताउने बताइएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार